काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रुष्ट बनेका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङ हटाएको हो ।
आजै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा यो सरकारले गलत आपत्तिजनक काम गरेको जनाएका छन् । उनले २ तिहाई बहुमतको दम्भमा सरकारले गरेको निर्णय प्रति घोर निन्दा गरेको जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्
‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बॉकि बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मंत्रीपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २-३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’
FACEBOOK COMMENTS