काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्तिको निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना भएको बताएका छन् ।
समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरिरहेको प्रदर्शनलाई अराजकताको संज्ञा दिँदै उनले माजवादी मोर्चाहरूको आन्दोलन शान्तिपूर्ण भइरहँदा राजावादीहरूले प्रहरीमाथि ढुंगामुढा तथा निजी घरमा आग्जनी गर्नु मण्डले अराजकताको नमूना भएको बताए ।
उनले क्रान्तिका लागि नययाँ आन्दोलन गर्ने घोषणा समेत गरेका छन् । पूर्वाराजाले ईतिहास फर्काउने दुस्प्रयास गरिरहे उनले भोग्न बाँकी केही नरहने चेतावनी प्रचण्डले दिएका छन् ।
सामन्ती निरंकुशता र दलाल पुँजीवादलाई पूर्णतः नष्ट गर्न नयाँ आन्दोलन हुने पनि उनले बताएका छन् ।
याे कास्टिङमात्र हो, वंशको शासन गर्न खोजे ठुलो मूल्य चुकाउनुपर्ने छ : माधव नेपाल
FACEBOOK COMMENTS