चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।
आज पत्रकारसँग कुरा गर्दै उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताएका हुन् ।
प्रचण्डले भने, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।’
अध्यक्ष दाहालले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरे ।
उनले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS