काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज एकता हुने भएको छ ।
आज ललिपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम राखिएको छ ।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने भएका हुन् ।
नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए र महेन्द्र रायले सिरहा -२ बाट चुनाव जितेका थिए ।
FACEBOOK COMMENTS