काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीता दाहालले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहेको बताएका छन् ।
आफ्नो जीवनसाथी सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा प्रचण्डले सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहेको बताएका हुन् ।
प्रचण्डले सीताको निष्ठा र आदर्शले सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहने बताएका छन् ।
उनले भनेका छन्-
मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार कमरेड सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहनेछ ! आज उनको स्मृतिमा हाम्रो परिवार र पार्टीलाई सदभाव ब्यक्त गर्नुहुने संपुर्णप्रति आभार सहित धन्यवाद ब्यक्त गर्दछु ।
FACEBOOK COMMENTS