धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वबाट हटे नेकपा एमालेसँग पनि एकता हुनसक्ने बताएका छन् ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँगको सम्भावित एकताको सङ्केत दिएका हुन् । यस्तै, उनले माओवादीको अबको लाइन भनेको निर्वाचन भएको पनि स्पष्ट गरेका छन् ।
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिँदै संयोजक प्रचण्डले एमालेसँग एकताको सम्भावनाबारे धारणा सार्वजनिक गरेका हुन् । ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’ उनले भने ।
कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ ।युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नुभएको छ,’ उनले भने ।
FACEBOOK COMMENTS