काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको आफुले सुनेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रचण्डले भने’ ‘मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि । प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्री त्यस्तो भाषा भन्नु भएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन ।’
प्रचण्डले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरुले भूमिका खेलेको बताउँदै संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको बताए ।

FACEBOOK COMMENTS