काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई विद्यमान परिस्थितिबाट निकास दिने एउटै विकल्प निर्वाचन भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वादमा उनले देशलाई निकास दिने उपाय निर्वाचन नै भएको बताएका हुन् ।
‘अहिले देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसबाट निकास दिने उपाय निर्वाचन नै हो,’ उनले भने, ‘निर्वाचनबाहेकको सहज विकल्प अरु छैन ।’ अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
आफूहरूले शान्ति, स्थायित्व र समृद्धिका धेरै भाषण गरिसकेको भन्दै संयोजक दाहालले निजी क्षेत्रसँग सहकार्य गरी प्रोत्साहित गर्नेयोजना ल्याउनुपर्ने बर्ता । ‘हामीले विगतमा धेरै खालका कमिटमेन्टहरू गरिसकेका छौं । तर, अब पनि निजी क्षेत्रलाई प्रोत्साहित गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिको कुरा कुरामा मात्रै सीमित हुन्छ ।’
FACEBOOK COMMENTS