काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व सुनिल थापाको निधनले आफूलाई दुखी बनाएको बताका छन् । आज उनले शोक सन्देश जारी गर्दै थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गरे ।
संयोजक दाहालले अभिनेता थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान हामी सबैका लागि स्मरणीय रहने बताए । उनले भने, “नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व थापा हामीबाट सधैँका लागि बिदा हुनुभएको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदान हामी सबैका लागि चिरस्मरणीय रहनेछन् ।”
अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
FACEBOOK COMMENTS