काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।
आगामी सरकारको नेतृत्व प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी माओवाद केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।
यद्यपि, महासेठले भने ‘भेटघाटमा शुभकामना साटासाट मात्रै भएको’ प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय ‘गोप्य छलफल’ गरेका प्र्र्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो’ भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेटनुको पछाडि ‘आगामी सरकार गठन गर्न छलफल भएको चर्चा छ ।
‘प्रतिनिधिसभामा निर्वाचित भएपछि शुभकामना साटासाट गर्नका लागि गएको हुँ, अरु केही कुरा भएन,’ महासेठले भने, ‘उहाँले नि मलाई शुभकामना दिनुभयो, मैले नि दिएँ र फर्किएँ ।’
सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठन गर्न छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS