काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबैलाई आ आफ्नो ठाँउबाट भूमिका खेल्न निर्देशन दिएका छन् ।
चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ ।
FACEBOOK COMMENTS