काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सोमबार (कात्तिक १७) एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
माओवादी र एकीकृत समाजवादीसहित आठ दलबीच एकताको सहमति भएको भोलिपल्ट नेताहरू भेटेका हुन् । एकताको विषयमा छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
नगरपालिका स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न नसक्नु दु:खद भएको यहाँका स्थानीयको भनाई छ । नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जग्गा उपलब्ध नहुँदा भवन निर्माण गर्न नसकिएको बताईन् । “भवनको डिपिआर तयार गरेका छौँ, जग्गा उपलब्ध हुनेबित्तिकै निर्माण कार्यको थालनी हुन्छ,” उनले भनिन् ।
FACEBOOK COMMENTS