काठमाडौं । (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापामा हुलाकी राजमार्ग अभियानको हिस्सा बनेर सम्बोधनका लागि पुगेका छन्।
सोमबार बिहान प्रचण्ड र माओवादी नेताहरु झापाको केचनकवलमा शहीद परिवारको घरमा खाना खाएका छन्।
शहीद सुनिल राजवंशीको भतिजा विश्नाथको घरमा प्रचण्ड र अन्य नेताहरुले केराको पातमा भात खाएका थिए।
प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाल पनि उपस्थित थिए। उनीहरुले झापाको होचो भूभाग केचनकवल पुगेर राष्ट्रिय झण्डा फहराएका थिए।
यस अवसरमा प्रचण्डले दुई वटा सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
FACEBOOK COMMENTS