काठमाडौं । (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापामा हुलाकी राजमार्ग अभियानको हिस्सा बनेर सम्बोधनका लागि पुगेका छन्।
सोमबार बिहान प्रचण्ड र माओवादी नेताहरु झापाको केचनकवलमा शहीद परिवारको घरमा खाना खाएका छन्।
शहीद सुनिल राजवंशीको भतिजा विश्नाथको घरमा प्रचण्ड र अन्य नेताहरुले केराको पातमा भात खाएका थिए।
प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाल पनि उपस्थित थिए। उनीहरुले झापाको होचो भूभाग केचनकवल पुगेर राष्ट्रिय झण्डा फहराएका थिए।
यस अवसरमा प्रचण्डले दुई वटा सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।