काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
सत्ता गठबन्धन फेरिएपछि अध्यक्ष नेपाललाई भेटन प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कोटेश्वर पुगेका हुन् ।
नेपाल केही समयदेखि अस्वस्थ बनेका छन् । नेता नेपालको स्वास्थ्य लाभको कामनासहित भेटनका लागि दुवैजना कोटेश्वर पुगेको बताइएको छ ।
नयाँ मन्त्रिमण्डल बनेपछि एकीकृत समाजवादीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।
FACEBOOK COMMENTS