काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।
रिट निवेदन आज सुनुवाइ गर्न चौथो नम्बरमा पेसी तोकिएको छ। चौथो नम्बरमै भएकाले आजै सुनुवाइ हुने सम्भावना बढेको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आजै प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका आरणसहित रहेका छन् ।
