काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले माओवादी केन्द्रले उधारो सहमति गरेको आरोप लगाएका छन् ।
संसद परिसरमा प्रतिक्रिया दिँदै डा. वाग्लेले माओवादी जस्तो जिम्मेवार पार्टीले यति ठूलो विषयमा यसरी उधारो सहमति गरेको आरोप लगाएका हुन् ।
उनले भने– ‘हामीलाई लागेको थियो, उहाँहरु यति ठूलो इस्युप्रति गम्भीर हुनुहुन्छ, तर गाम्भिर्य पटक्कै रहेनछ । उहाँहरुले लत्तो छोड्न थालेपछि हामीले समातेका हौँ । हामी आशा गरिएको उदियमान राजनीतिक शक्ति भएकाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौं । यो अनन्तकालिन हाम्रो संघर्ष आजदेखि संखनाद गरिएको छ । समय सीमा पनि छैन, कहिले देखि शुरु गर्न, टीओआर पनि छैन । यस्तो उदारो सम्झौता गरिएको छ ।’
डा. वाग्लेले गृहमन्त्रीको मातहतमा रहेका धेरै विभाग संलग्न रहेको विषय बाहिर आएको भन्दै यस प्रकरणमा ठुलो जालो रहेको बताए । उनले यो विषयलाई जनतामा लैजाने समेत बताए ।
FACEBOOK COMMENTS