काठमाडौं । चर्चित पूर्वन्यायाधीश प्रचण्डराज अनिलको आज निधन भएको छ ।
९२ वर्षका अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए। अनिलले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए । गंगालाल हस्पिटलमा मृत्युवरण गरेका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए ।
उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए । तर, उनी कहिल्यै आर्थिक अनियमितताको विवादमा परेका थिएनन् ।
फलस्वरूप अवकाशको पाँच वर्षपछि न्यायपरिषद् सदस्यमा मनोनित भएका थिए । न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्त्वको जिम्मेवारी पाएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे।
अनिलका एक श्रीमती र पाँच छोरा छन् । उनको बारेमा लेखिएको पुस्तक प्रकाशनोन्मुख छ । छोरा डा.अरुण मास्केका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने छ ।
FACEBOOK COMMENTS