काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जनताको मौलिक अधिकार स्वास्थ्य सेवा प्राप्त गर्नु रहेको भन्दै आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘जनताको मौलिक अधिकार स्वास्थ्य सेवा प्राप्त गर्नु हो । त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्नको लागि आवश्यक पर्ने ऐन अहिलेसम्म बन्नसकेका छैनन । मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने विश्वास दिलाउन चाहन्छु,’उनले भने ।
उनले यो पटक सातै प्रदेशमा विशेष अस्पतालको निर्माण र मुटु रोगसँग सम्बन्धित उपचारलाई सातै प्रदेशका अस्पतालसँग जोड्ने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताए ।
FACEBOOK COMMENTS