काठमाडौं । प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अस्वस्थ्यताका बीच पनि गोरखा आएको बताएका छन्।
उनले पछिल्लो राजनीतिक परिस्थितिप्रति लक्षित गर्दै तीन(चार दिनको दौडाइले स्वास्थ्यमा गाह्रो महसुश भइरहेको बताए।
‘तीन चारदिन अगाडिदेखि दौडिँदा दौडिँदा, कति मेहनत परेको छ तपाईंहरूले टिभीमा पक्कै हेर्नु भएको होला,’ गोरखाको पालुङटारमा आज भएको कार्यक्रममा प्रचण्डले भने, ‘कति दौडिन परेको छ। त्यसबाट मलाई रूघा लागेको छ। स्वर खुलेको छैन। गाह्रो भएको छ।’
उनले अस्वस्थ्यताका बीच पनि आफू मतदातालाई भेट्न आएको बताएका थिए। गत मंसिर ४ को चुनावमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। प्रचण्ड आज गोरखाको बारपाक सुलिकोट र पालुङटारका कार्यक्रममा सहभागी भएका थिए।
उनले राष्ट्रपति निर्वाचनमा सर्वसहमति भए राम्रो हुने पनि बताएका थिए।
FACEBOOK COMMENTS