काठमाडौँ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने दाबी गरेका छन् ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण रहेको उल्लेख गरे ।
‘न्यातपोल दरबारले चार चार वटा भूकम्प झेलेको छ र पनि गौरवको रूपमा रहेको छ’ उनले भने, ‘धरहरा हामीले नवनिर्माणको प्रतीकको रूपमा राखेका छौँ ।’
उनले धरहरा नवनिर्माणको प्रतीकको रूपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए ।
‘हामीले सन्देश दिन खोजेका छौँ । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौँ’ नेता ज्ञवालीको भनाइ छ ।

FACEBOOK COMMENTS