काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामको यस्तो अपेक्षा नभएपनि जनादेशको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।
गुल्मी १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका ज्ञवालीले मत परिणाम सार्वजनिक भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुने र जनादेशप्रति सम्मान हुने बताएका हुन् ।
‘गुल्मी–१ को मतगणना उत्तरार्धतिर पुग्दै छ । विजयोन्मुख सागर ढकाल र रास्वपालाई अग्रिम बधाई १’, ज्ञवालीले लेखेका छन्, ‘शान्तिपूर्ण र स्वस्थ रूपमा निर्वाचन सम्पन्न गराउनु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ लगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद। निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान।
यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला जिल्लाको विकास र जिल्लावासीहरूको सुख दुखमा मलाई हमेशा साथमै पाउने बताउँदै उनले यी अप्ठ्यारा दिनहरू पनि बितेर जाने बताएका छन् ।

FACEBOOK COMMENTS