रूपन्देही । नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट छ जनाको नाम छलफलमा रहेपनि टुंगो लागेको छैन ।
क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको जनाएका छन् । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उनले भने ।
FACEBOOK COMMENTS