काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउदै देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको र एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।
पछिल्ला दिनमा काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएपछि पौडेलले यस्तो अपिल गरेका हुन् । उनले अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेका छन् । उनले भनेका छन् – ’अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’
महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए ।
FACEBOOK COMMENTS