काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्वध्यक्ष एवम् पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले समग्र निजी क्षेत्रको मनोबल गिरिरहेको बेला कर्पोरेट म्यागजिनले उत्साह भरेको बताएका छन् ।
हिजो आइतबार होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले मुलुकको खराब अर्थतन्त्रकाबीच गुज्रिरहेका उद्योगी तथा व्यवसायीहरूलाई कर्पोरेट अवार्डले नयाँ रक्तसञ्चार गरेको भन्दै समस्याभित्र सफलता खोज्न उत्साहित बनाएको बताएका हुन् ।
‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’अन्तर्गत ‘बेष्ट इन्डष्ट्री अफ द इयर’ अवार्ड पाएका श्रेष्ठले सम्पूर्ण सम्मानित व्यक्तिहरूको तर्फबाट प्रतिनिधिमूलक मन्तव्य व्यक्त गर्दै भने, ‘ ‘अहिले आर्थिक अवस्था खुम्चिएको समयमा हाम्रा उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने जमर्को गरिदिनुभएकोमा हामी सम्मानित हुने सबै व्यक्तिहरूको तर्फबाट कर्पोरेट मिडियालाई विशेष धन्यवाद दिन चाहान्छौँ । यस क्रममा मलाई पनि सम्मान गरेर उत्साह भरिदिनुभएको छ । यसले मलाई निकै उत्साहित बनाएको छ ।’
उद्योग वाणिज्य क्षेत्रको अहिलेको अवस्था र राजनीतिमा भुइँचालो भएको बेला र उद्यमी व्यवसायी वर्गको कन्फिडेन्स लुज भएको समयमा निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरू एक भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए । ‘उद्यमी व्यवसायीको हकहितका लागि कलेक्टिभ इफोर्ट लगाउनुपर्ने अवस्था छ । हाम्रा थ्री एपेक्स बिजनेश बढी मिल्नुपर्छ,’ उनले भने ।
अवार्ड प्राप्त गर्नेहरूलाई जिम्मेवारी पनि थपिएको भन्दै श्रेष्ठले अवार्ड प्राप्तको यो स्थितिलाई जोगाइराख्न अनुरोध गरेका छन् भने आगामी दिनमा पनि यसरी नै प्रोत्साहित गर्न आयोजकलाई आग्रह गरे ।

‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)

‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’, को हुन् मोहनमान जोशी ?
FACEBOOK COMMENTS