काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पत्रकार सम्मेलन उद्योगीहरूले उद्योग बन्द भए प्राधिकरणलाई झडका लाग्ने बताएका छन्। प्राधिकरणले प्रमाण दिनु पर्छ हामी महसुल तिर्न तयार छौं उद्योगीहरूले भने।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेको तर त्यसबापतको प्रिमियमसहितको महशुल नतिरेको भन्दै २३ उद्योगको बिजुली काटेपछि उद्योगीहरुले पत्रकार सम्मेलन गरिरहेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार पत्रकारसम्मेलन गर्दै डेडिकेटेड एवं ट्रंक लाइनवापतको बिजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने चेतावनी दिएको भोलिपल्ट थप १४ उद्योगको लाइन काटेका थिए ।
पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ ।
FACEBOOK COMMENTS