काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्यकाल सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’
अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । छिमेकी मुलुक भारतमा समेत निजी समूह अडानी ग्रुपले हाइड्रोजन पावर प्लान्ट स्थापना गरिसकेको छ ।
यस्तै जापानमा हाइड्रोजनबाट चल्ने सार्वजनिक सवारीको सफल परीक्षण सम्पन्न भइसकेको छ । हरित हाइड्रोजनले अन्य प्रकारका जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसबाट प्रदान हुने शक्तिसमेत अधिक हुन्छ ।
FACEBOOK COMMENTS