काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
आज विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको छ ।
भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा कारागार चलान गरिएको हो ।
हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
FACEBOOK COMMENTS