एमालेले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउँछः उपमहासचिव ज्ञवाली
कर्पोरट खबर
8:38 pm, शनिबार, कात्तिक ८, २०८२
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एमाले का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन् ।
यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए ।
उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे ।
“फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ”, उपमहासचिव ज्ञवालीले भने । उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने बताए ।
FACEBOOK COMMENTS