काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठित उपभोक्ता हित,आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिका सह सभापतिमा प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको छ । श्रेष्ठ साल्ट टे«डिङ कर्पोरेसनका बोर्ड डाईरेक्टर, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष रहनुका साथै विभिन्न ब्यवसायमा समेत आवद्ध रहेका छन् । श्रेष्ठको ३ वर्षिय कार्यकाल हुने चेम्बरले जनाएको छ ।
FACEBOOK COMMENTS