काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्याज र आलुमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बिषयमा भएको छलफल भाग लिँदै उनले यस्तो माग गरेका हुन।
‘अघिल्लो सरकारले प्याज र आलुमा भ्याट लगाएको थियो। यो सरकारले नलगाओस्’, सचेतक यादवले भने, ‘भ्याट लगाएको भने महँगो खान परेर गरिबी मर्छन्।’
उनले नेपालमा व्यक्तिगत प्रयोगको लागि मात्र प्याज उत्पादन हुने गरेको र ७५ प्रतिशत आलु भारतबाट आउने भएकाले सरकारले यसमा कुनै पनि कर लगाउन नहुने र लगाएमा त्यसको मार गरिबलाई पर्ने दाबी गरेका थिए।
FACEBOOK COMMENTS