काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको भूमिका अतुलनीय रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित संघको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले देशको अर्थतन्त्रलाई गति दिनमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले निजी क्षेत्रलाई सक्रियता बढाउन आग्रह गर्दै कहीँ केही समस्या भए सरकार त्यसको समाधानका लागि प्रतिबद्ध रहेको बताए ।
‘अब तपाईंहरू सक्रिय रूपमा लाग्नुस् । व्यावसायीले उठाउँदै आएको विषयलाई अहिलेको सरकारले ध्यान दिएको छ,’ उनले भने, ‘तपाईंहरू अघि बढ्दै जानुस् । समस्या कहाँ छ हामीलाई भन्नुस् ।’
FACEBOOK COMMENTS