काठमाडौँ । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले संसद भवनअगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यलाई सरकारले तत्काल शहिद घोषणा गर्न माग गरेका छन् ।
कर्पाेरेट खबरसँगको कुराकानीमा उनले भने, ‘आचार्यले कायर भएर आत्महत्या गरेका होइनन्, उनले यो देशका नेपालीहरुले व्यहोरिरहेको पीडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ध्यानाकर्षन गराउन आत्मदाह गरेका हुन् ।’ आचार्यले लिएको निर्णयलाई आत्महत्या वा अन्य परिभाषा नदिइ वीर भन्नुपर्ने उनको दाबी छ ।
उनले थपे, ‘एउटा वीर युवाले राज्य व्यवस्थाबाट भएका विकृतिहरुको विरुद्ध सार्वजनिक स्थानमा आहुती गर्छ भने ऊ शहिद हुन्छ । यसप्रति सरकार अति संवेदनशील हुन जरुरी छ, यस्ता घटना फेरि नदोहोरियोस् ।’ आत्महत्याबाट देश आत्मघाती स्थितिमा पुग्न नहुने उनको विचार छ ।
FACEBOOK COMMENTS