काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने घोषणा गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर शेयर गर्दै सबैको राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निधो गरेको घोषणा गरेका हुन् ।
रास्वपाबाट समानुपातिक सूचीमा समेत सिफारिश भएका सपुतले भनेका छन्, ‘अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु ।’
उनले लामिछाने र बालेनलाई अहिले आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई विश्वास गर्न लागेको र मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको उल्लेख गर्दै उनीहरुलाई निरास बनाउने छुट नभएको बताएका छन् ।
FACEBOOK COMMENTS