काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवार बनेका प्रबल थापालाई शुभकामना दिएका छन् ।
आफ्नै निवासमा पुगेका थापालाई प्रकाशमानले शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर पार्टीले थापालाई टिकट दिइएको छ । यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।
विशेष महाधिवेशनको विपक्षमा उभिएका गणेशमान पुत्र प्रकाशमानसहित यस पटक काँग्रेसले विपी पुत्र शशांक कोइरालालाई पनि टिकट दिएको छैन ।
FACEBOOK COMMENTS