![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेस गरिने भएको छ ।
भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई आइतबार अदालत पेश गरिने छ । एमाले उपाध्यक्ष समेत रहेका बादलतका छोरा थापा आज शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा लाखौं असुली गर्ने गिरोहलाई सहयोग गरेको आरोप छ ।
FACEBOOK COMMENTS