काठमाडाैं । प्रतिनिधिसभाको चालु अधिवेशन आज शनिबारबाट अन्त्य भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।
शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए ।
शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
अब चुनावपछि नयाँ संसद आउनेछ ।
FACEBOOK COMMENTS