काठमाडौं । प्रभु ग्रुपले बाढीपीडितहरुको राहतका लागि यही १ करोड ७५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय विपदको घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समूह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।
आज एक कार्यक्रमकाबीच प्रभु समूहका अध्यक्ष तथा सांसद देवीप्रकाश भट्टचनले नपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई रु। १ करोड ७५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
FACEBOOK COMMENTS