काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सरकारसँग छलफल गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले आज आइतबार एक कार्यक्रम आयोजना गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पूर्वबजेट छलफल गरेको हो ।
काठमाडौंको टेकुस्थित महासङ्घको सचिवयालमा आयोजित पूर्वबजेट छलफलमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका तर्फबाट बजेटमा समेटिनुपर्ने विषय राखे ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको भन्दै बताए । निजी क्षेत्रका कुरा सुनेर समस्या समाधान गर्न सरकार दृढ रहेको उनले बताए ।
FACEBOOK COMMENTS