काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२१ अंक बढेर २७१८.०७ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ५३ पटकको कारोबारमा १२ लाख २३ हजार ३७१ रुपैयाँबराबरको १ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
