काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १२.७९ अंक घटेर २६३६.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंक घटेर २६३३.८८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ४९ स्टकको ८३ पटकको कारोबारमा १४ लाख ५५ हजार ४७३ रुपैयाँ ४० पैसाबराबरको २ हजार ३६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।