काठमाडौं । शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.३३ अंकले बढेर २६२९.०० विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४५ स्टक्सको १४ हजार ५४१ कित्ता सेयर ५४ लाख ६५ हजार १८९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ स्टकको मूल्य बढ्दा २२ स्टकको मूल्य घट्यो। बाँकी ११ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।