काठमाडौं । चितवन–१ मा मतगणना सुरू भएको छ। मतगणनाको प्रारम्भमा नेकपा (एमाले)ले अग्रता लिएको छ।
यहाँ एमालेका उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले ७१ मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्ण पन्तले ६२ मत पाएका छन्। अहिले राप्ती नगरपालिका–१३ को मतगणना भइरहेको छ। यो वडामा यसअघि रास्वपाले एक मत पनि पाएको थिएन।
FACEBOOK COMMENTS