काठमाडौं । वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र ‘प्रेमपूजा’ सार्वजनिक गरिएको छ ।
काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।
चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल, र दिलीप न्यौपाने प्रमुख भूमिकामा छन् । कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको निर्माताको दाबी छ ।
चलचित्रको छायाङ्कन रामकृष्ण चौलागाईंले गरेका छन्, भने सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन् । सहायक निर्देशनमा इन्दिरा राज न्यौपानेको महत्वपूर्ण योगदान रहेको छ, जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।
‘प्रेम पूजा’ निर्देशक राज न्यौपानेको कुशल निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो । यस चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
यो प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, प्रतिबद्धता र आत्मबलिदानको गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने भावनात्मक रूपमा हृदयस्पर्शी चलचित्र भएको निर्माण पक्षको भनाइ छ ।
हेरौँ चलचित्र–
FACEBOOK COMMENTS