काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाहिरको लगानी भित्राउनु भनेको नेपालमा शासन गर्न र शोषण गर्न बोलाउनु रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बजेटको अध्यादेशमा अर्थमन्त्रीले समेटुन पर्ने विषयहरु धेरे छन् । बजेटको व्याख्यातमक टिप्पणीमा तीन सांसदको सुझाव समेत लिनु पर्छ । तर अर्थमन्त्रीले लिएन्न । हचुवाको भरमा बजेट लेखेर हुँदैन । अर्थमन्त्रालयको कोष भनेको जनतको राजस्व हो । अर्थमन्त्रीको पेवा हैन । अर्थमन्त्रीले यो मेरो ढुकुटी हो छुन पाउँदैन भन्न पाँउदैन । अर्थमन्त्रीले फलानो सांसदले यास्तो सुुझाव दिएकोले यो शिर्षक राखेको हो भन्नु पर्छ । अफनो मर्जीले लिन पाउँदैन ।’
१ खर्ब भन्दा बढी सहाकारीमा जनताले जम्मा गरेको पैसा हिनामिन भएको छ । त्यो पैसा सञ्चलकको घर खेत बेचेर दिनुपर्ने उनको भनाई छ ।
अन्तराष्ट्रिय लगानी सम्मेलनमा विदेशी लगानी भित्राउनु भनेको शोषण गर्न बोलाउनु रहेको उनको ठहर छ ।
सुवालले थपे, ‘निर्वाचन क्षेत्रमा सांसदले लिएको सुझाव अनुसार बजेट आउनु पर्ने हो । तर यस्तो आएन । विदेशी पुजीका दलालसँग बजेट बनाउँदा सुझाव लिन पाउँदैन । दलाललाई घोके ठयाक लागाउँनु पर्छ । दलालाको कुरा सुनेर देश बन्दैन । ’
उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, ‘देश घाती काम गर्ने प्रधानमन्त्रीलाई आफ्नै बढी गाडले गोली ठोकेर मारेको सुन्नु नै भएको छ होला । त्यसैले होस्यिार भएर बस्नुस…’
अर्थमन्त्रीले उनको जवाप दिदैँ भने, ‘हामीले माननिय ज्युको कुराहरु सुनेर नै ऐन बनाएका हौँ । संशोधन विद्येयकलाई अस्वीकृत गर्नु पर्ने कारण म देख्दिन । यो कार्यविधि संसद बाट पारित हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । उहाँले पनि र्फिता लिनु हुन्छ भन्ने विश्वास लिएको छु । ’
FACEBOOK COMMENTS