काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले अबको चुनावपछि नेकपा एस पहिलो पार्टी बन्ने बताएका छन् ।
नेकपा एसनिकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै आलेले स्थानीय चुनावअघि बालेनको कति भोट थियो ? भन्ने प्रश्न गर्दै अबको चुनावपछि नेकपा एस पहिलो पार्टी बन्ने दावी गरेका हुन्।
यसका साथै पूर्वमन्त्रीसमेत रहेको आले कांग्रेसप्रति खरो रुपमा उत्रिए । स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति समेत जनाए । आलेले डोटीका कांग्रेसले जिल्लामा गठबन्धन नगर्ने भनेर भेला गरिरहेको बताए ।
आलेले भने, ‘मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने,गठबन्धन चाहिदैन भन्ने कुरा गरिररहेको छ । गठबन्धन नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भनियोस् । होइन भने ७७ जिल्लामै गठबन्धन हुनुपर्छ । हाम्रो पार्टी विद्रोहबाट आएको,स्थानीय चुनावमा ६५ मध्ये १० वडामा मात्र हाम्रा उम्मेदवार थिए,कांग्रेसले अहिले त्यहि ३ हजार भोट देखाएर हिँडेको छ । त्यसबेला ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं ।’
उनले जिल्लामा एक भोट प्रेम आलेलाई भन्ने जनता रहेको भन्दै स्थानीय चुनावको भोटको अर्थ नहुने बताए ।
डोटीका कांग्रेसको ठूला कुरा सैह्य नहुने उनकाे भनाइ छ ।
FACEBOOK COMMENTS