काठमाडौं । गौरवपूर्ण नेपाली प्रिमियम ब्राण्ड ‘प्यासन टिस्यु’को उत्पादक कम्पनी मैनाली इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक प्रेमहरि मैनालीले ‘कर्पोरेट एक्सिलेन्सी अवार्ड, २०२५’ प्राप्त गर्नुभएको छ ।
कर्पोरेट म्यागजिनले उहाँलाई सो अवार्ड प्रदान गरेको हो ।
बिहीबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलमा आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा उहाँलाई सो अवार्ड प्रदान गरिएको कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महरालगायतले उहाँलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
प्रेमहरि मैनाली र मैनाली इन्डष्ट्रिज प्रालिबारे
मैनाली ग्रुपभित्रको गौरवपूर्ण नेपाली प्रिमियम ब्राण्ड ‘प्यासन टिस्यु’को उत्पादक कम्पनी हो मैनाली इन्डष्ट्रिज प्रालि । यो उद्योगले ‘प्यासन’ ब्राण्डअन्तर्गत फेस टिस्यु, बाथरूम टिस्यु, नेपकिन पेपर लगायतका प्रडक्टहरू उत्पादन गर्दै आएको छ । नेपाललाई टिस्यु पेपरमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढिरहेको यो उद्योगको सञ्चालक तथा प्रबन्ध निर्देशक हुनुहुन्छ प्रेमहरि मैनाली ।
नेपाल टिस्यु उद्योग संघको कार्यसमिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यकारिणी सदस्य रहनुभएका उहाँ नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनको उपभोग बढाउने काममा निरन्तर लागिरहनुभएको छ । नेपालमा उत्पादित टिस्यु पेपरहरूले अहिले बजारको ९० प्रतिशत माग धानेको छ । थप औद्योगिक वातावरण सृजना हुनेवित्तिकै टिस्यु पेपरमा नेपाल आत्मनिर्भर हुने उहाँ बताउनुहुन्छ । त्यसका लागि टिस्यु पेपर उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तःशुल्क हटाउनुपर्ने धारणा उहाँको छ ।
प्यासनसहितका गौरवपूर्ण ब्राण्डहरूसँगै मैनाली समूह सांस्कृतिक मूल्य र समृद्ध परम्परालाई आत्मसात् गर्ने प्रतिष्ठित व्यावसायिक समूह हो । यो समूहले मैनाली इन्डष्ट्रीज प्रालि, परेली बिजनेस हाउस प्रालि र मैनाली मार्केटिङ जस्ता सहायक कम्पनीहरूमार्फत सेवा प्रदान गर्दै आएको छ । मैनाली ग्रुप खाद्य तथा गैर–खाद्य सामग्रीको अग्रणी निर्माताका रूपमा विकसित छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS