काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रिमियम इन्स्योरेन्सले १५ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा ०.३४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क भने गत आवको तुलनामा घटेको छ । कम्पनीको खुद बिमा शुल्क ८.०१ प्रतिशतले घटेको हो । यस कम्पनीको खुद बिमा शुल्क ४२ अर्ब ४० करोड ६३ लाख रुपैयाँ रहेको छ । गत आवमा सोही कम्पनीले ४६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस अवधीमा कम्पनीको चुक्ता पूँजी १ खर्ब ४० अर्ब ३० करोड रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०. ५३ प्रतिशतले बढी हो ।कम्पनीको जगेडा कोष भने घटेको छ । गत आवमा ४६ अर्ब ६५ करोेड ३६ लाख कोष रहेको कम्पनीको यस अवधिसम्म आइपुग्दा ३०अर्ब रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको बिमा कोष भने १९.२३५ ले बढेर १ अर्ब ९ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।यस अबधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुबै घटेको छ । यस्तै, कम्पनीकाे प्रतिसेयर आम्दानी घटेर २२ रुपैयाँ २७ पैसा पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६ रुपैयाँ ७०पैसाले घटेको हो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ २० पैसाले घटेर २०४ रुपैयाँ २३ पैसामा सीमित भएको छ।
FACEBOOK COMMENTS