काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ निर्धारण गरेको छ । लगानीकर्ताले ४ सय रुपैयाँलाई आधार मानेर सो वा भन्दा बढी मुल्यमा बोलकबोल गरी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम चाहे जतिका लागि आवेदन दिन सक्नेछन् । यसमा विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम समय कात्तिक १२ गतेसम्म रहेको छ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलमा बोलपत्र पेश गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS