काठमाडौं, ८ भदौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ ।
आज मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।
स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिएका छन् । १८ वर्षमाथिका ३ लाख ९६ हजार जना परीक्षार्थीलाई स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराए भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।
FACEBOOK COMMENTS